प्रिमियर लिग : सिटी बराबरीमा रोकियो, पुछारको साउथह्याम्प्टनले चेल्सीलाइ हरायो

नेपालभ्युज

प्रिमियर लिग : सिटी बराबरीमा रोकियो, पुछारको साउथह्याम्प्टनले चेल्सीलाइ हरायो

एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा सिटीले नटिङघम फरेस्टसँग १-१ गोलको बराबरी खेलेको हो ।

४१ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए पनि ८४ औं मिनेटमा क्रिस उडले गोल गर्दै नटिङघमलाई १-१ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै सिटीले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ । सिटीले २४ खेलमा ५२ अंक जोडेको छ । शीर्ष स्थानको  आर्सनलको ५४ अंक छ ।

यस्तै,  गएराति नै भएको खेलमा खेलमा चेल्सीलाई साउथह्याम्पटनले १-० गोल अन्तरले हरायो । साउथह्याम्पटनका जेम्स वार्ड प्राउसले पहिलो हाफको इन्जुरी समयमा फ्रिकिकमार्फत गोल गरे ।

यस जितसँगै साउथह्याम्पटन २३ खेलमा १८ अंक जोडेर २० औं स्थानमा रहेको छ । चेल्सी ३१ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved