काठमाडौं। मलेसियामा बसेर नेपालमा रहेकी एक महिलाको चरित्र हत्या गर्ने कार्यमा संलग्न भन्ने आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
मलेसियाबाट फर्किने क्रममा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ती व्यक्तिलाई पक्राउ गरेको हो । आरोपी रौतहट २२ वर्षीय हरिहरप्रसाद यादव रहेको प्रहरीले जनाएको छ ।
पीडित महिला र उनकी नाबालिका बहिनी समेतको तस्वीर प्रयोग गरी यादवले सामाजिक सञ्जालमा चरित्रहत्या गरेको उजुरी नेपाल प्रहरीको साइबर ब्युरोमा परेको थियो । वैदेशिक रोजगारीमा रहेका उनले पीडितका परिवारलाई समेत मानसिक तनाव, दुःख हैरानी दिने गरेको कारण प्रहरी निगरानीमा भएको र नेपाल आउनेबित्तिकै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालतबाट पक्राउ अनुमति लिई दिन पाँच दिन म्याद थप भएको हाल आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
Facebook Comment
Comment