थाइल्याण्डको गुफाबाट १८ दिनपछि उद्दार गरिएका बालकको बेलायतमा मृत्यु

नेपालभ्युज

थाइल्याण्डको गुफाबाट १८ दिनपछि उद्दार गरिएका बालकको बेलायतमा मृत्यु

एजेन्सी । सन् २०१८ मा थाइल्याण्डको गुफाबाट १८ दिनपछि उद्धार गरिएका एक बालकको डुआङ्गपेच प्रोम्थेपको बेलायतमा मृत्यु भएको छ ।

१७ वर्षीय किशोर प्रोम्थेप आइतवार लिसेस्टरशायरमा आफ्नो छात्रावासमा बेहोस अवस्थामा फेला परेका थिए । अस्पताल लगिएकोमा उनको मंगलबार मृत्यु भएको बीबीसीले जनाएको छ । उनी गत वर्षको अन्त्यदेखि बेलायतको फुटबल एकेडेमीमा भर्ना भएका थिए।

किशोरको मृत्यु कसरी भयो भन्ने थाहा हुन सकेको छैन तर लिसेस्टरशायर प्रहरीले उनको मृत्युलाई शंकास्पद रुपमा लिइएको छैन । मेडिकल रिपोर्टले उनको टाउकोमा चोट लागेको बताएको छ।

सन् २०१८ मा फुटबल अभ्यासपछि बालक प्रोम्थेप र उनका साथीहरु साइकलमा थाम लुआंग गुफामा गएका थिए । तर अचानक आएको आँधीले गुफाको साँघुरो बाटोमा बाढी आयो, फुटबल टोली गुफामै फस्यो ।

उनीहरूले नौ दिन अँध्यारोमा र खानाविना बिताएका थिए। उनीहरुको खोजी र उद्दारमा १० हजार जना सहभागि थिए ।  गुफामा फसेको बेला प्रोमथेप १३ वर्षका थिए । उनका टोलीका साथीहरू त्यतिबेला ११ देखि १६ वर्षका थिए भने उनीहरूका प्रशिक्षक एक्काफोन कान्थावाङ २५ वर्षका थिए।

गुफामा रहँदा प्रशिक्षकले उनीहरुलाई शान्त रहन सिकाएका थिए। गोताखोरहरूले उद्धारको योजना बनाएर उनीहरूलाई उनीहरूको परिवारबाट खाना र पत्रहरू पठाएका थिए। केटामाइन नामक औषधि खुवाएर उनीहरूलाई अन्ततः बाहिर ल्याइएको थियो।

बालकहरु उद्दारको खबर विश्वभरका सञ्चारमाध्यममा हेडलाइन बनेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved