प्रिमियर लिग:आर्सनललाई हराउँदै सिटी पुग्यो शीर्ष स्थानमा

शीर्षस्थानमा उक्लिएको सिटीको २३ खेलबाट ५१ अंक पुगेको छ । एक खेल कम खेलेको आर्सनलको पनि ५१ अंक नै रहेपनि गोलअन्तरमा दोस्रो स्थानमा छ ।

नेपालभ्युज

प्रिमियर लिग:आर्सनललाई हराउँदै सिटी पुग्यो शीर्ष स्थानमा

एजेन्सी ।  इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई पराजित गर्दै म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ ।

गएराती आर्सनललाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै सिटी शीर्षस्थानमा उक्लन सफल भएको हो । सिटीको जितमा केभिन डि ब्रुएन, ज्याक ग्रेलिस र एर्लिङ  हालान्डले गोल गरे । आर्सनलका बुकायो साकाले एक गोल फर्काए ।

इमिरेट्स स्टेडियम लन्डनमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलको २४औं मिनेटमा केभिन डि ब्रुएनाको गोलबाट सिटीले १–० को अग्रता लिन सफल भएको थियो । ४२औं मिनेटमा बुकायो साकाले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७२औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । त्यसपछि ८२औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको जित पक्का गरे । उनले केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भए ।

शीर्षस्थानमा उक्लिएको सिटीको २३ खेलबाट ५१ अंक पुगेको छ । एक खेल कम खेलेको आर्सनलको पनि ५१ अंक नै रहेपनि गोलअन्तरमा दोस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved