श्रीमानले काठको गरालोले हान्दा श्रीमतीको मृत्यु

नेपालभ्युज

श्रीमानले काठको गरालोले हान्दा श्रीमतीको मृत्यु

सुर्खेत। दैलेखमा श्रीमानले काठको गरालोले हान्दा श्रीमतीको मृत्यु भएको छ। गुराँस गाउँपालिका–८ माथिल्लो गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीय श्रीमती पार्वती बीसीलाई ढोकामा लगाउने गरालोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

श्रीमान् श्रीमतीबिच सामान्य विवाद हुँदा श्रीमानले काठको गरालोले हान्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो । शवलाई दैलेख जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

श्रीमानलाई कृष्णलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
त्यस्तै, रुकुम पश्चिम मुसिकोट नगरपालिका–१२ नयाँगाउ बस्ने वर्ष अन्दाजी ५५\५६ का धनबहादुर वली सोही ठाउँस्थित लहखोलामा मृत अवस्थामा परेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved