जनमत पार्टी छाडेका नेतालाई पुनः प्रवेशमा कडाइ

प्रवेश गरे पनि ६ वर्षसम्म पद नपाउने

नेपालभ्युज

जनमत पार्टी छाडेका नेतालाई पुनः प्रवेशमा कडाइ

काठमाडौंपार्टी छाडेर जाने नेता कार्यकर्ताको लागि डा. सिके राउत नेतृत्वको जनमत पार्टीले कडा नियम बनाएको छ। सो पार्टीले छाडेर गएका नेताहरूलाई पुनः प्रवेशमा कडाइ गर्ने र प्रवेश गरेर आएपछि पनि तत्काल जिम्मेवारी नदिने गरी नियम बनाउन लागेको छ।

काठमाडौंमा तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको विशेष बैठकले यो निर्णय गरेको हो । बैठकमा अध्यक्ष राउतले पार्टी छोडेर गएका नेता तथा कार्यकर्ताहरूलाई पुनः प्रवेश गरेको खण्डमा ६ वर्षसम्म कुनै पनि लाभको पदमा वा निर्वाचनमा सहभागी हुन नदिने प्रस्ताव गरेको र त्यसलाई पारीत गरेको सो पार्टीले जनाएको छ ।

निर्वाचनको क्रममा अन्तर्घात गरेका, खुला वा छद्म रूपमा अन्य पार्टीलाई सहयोग गरेका, निर्वाचनको मुखमा अरू पार्टीमा प्रवेश गरेका वा बागी उम्मेदवार बनेका सदस्यहरूमाथि पनि कडा कारबाहीको तयारी भइरहेको सो पार्टीले जनाइएको छ ।

माघ २८ देखि फागुन १ गतेसम्म चलेको बैठकमा सङ्गठनको पुनर्संरचना, केन्द्रीय संरचनाहरूको पुनर्गठन, सङ्घीय परिषद् र प्रादेशिक समितिहरूको गठन बारे पनि छलफल भएको थियो ।

घर–घरमा जनमत अभियान, जनमत पार्टी प्रवेश अभियान, नवप्रवेशी र नेता कार्यकर्ताहरूको व्यवस्थापन, प्रशिक्षण र अनुशासन, जिल्ला इन्चार्जहरूको नियुक्ति-फेरबदल, जिल्ला अधिवेशनको तयारीबारे पनि बैठकमा छलफल भएको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved