रेशम चौधरीलाई रिहा गर्न जरुरी छ – माधव नेपाल

नेपालभ्युज

रेशम चौधरीलाई रिहा गर्न जरुरी छ – माधव नेपाल

धनगढी। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताएका छन् ।
समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले रेशन चौधरीको मुद्दामा सरकार स्पष्ट हुनुपर्ने बताए ।

अध्यक्ष नेपालले टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशमलाई रिहा गर्न आवश्यक रहेको उनले दाबी गरे । रेशम मात्र होइन, हिजो माओवादीको शान्ति प्रक्रियासँग जोडिएको कुरा, विप्लवहरूका मुद्दा, कतिपय आफ्नै पार्टीका मुद्दा मामलालगायत राजनीतिक प्रकृतिका विषयवस्तु र मुद्दालाई छिटो टुंगो लगाउन आवश्यक रेहको उनले जानकारी दिए।

उनले राष्ट्रपति सबैको सहमतिमा चयन हुने बताए । ‘अहिलेको सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै राष्ट्रपतिका लागि साझा व्यक्ति भनिरहेकाले सहमतिमा राष्ट्रपति चयन हुन्छ’, अध्यक्ष नेपालले भने , सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले सबैलाई समेटेर अघि बढ्नुपर्ने बताउँदै यस सरकारले विश्वासको मत प्राप्त गर्ने उल्लेख गरे ।

नेकपा एकीकृत समाजवादीको प्रदेश बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाल कैलाली आइपुगेका हुन् । आज नेकपा एकीकृत समाजवादीले धनगढीमा सुदूरपश्चिम प्रदेश कमिटीको पूर्ण बैठकको आयोजना गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved