अनेरास्ववियुको केन्द्रीय कमिटीमा नयाँलाई अवसर

नेपालभ्युज

अनेरास्ववियुको केन्द्रीय कमिटीमा नयाँलाई अवसर

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३औं राष्ट्रिय महाधिवेशन हुने भएको छ । फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन हुन लागेको हो । गत असोज १–२ सम्म विधान महाधिवेशन गरेको अनेरास्ववियुले राष्ट्रिय महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । त्यस्तै, १७ सदस्यीय पदाधिकारी र ३ वटा आयोगहरू (अनुशासन, लेखा र निर्वाचन) को नेतृत्व चयन गर्नेछ ।

अनेरास्ववियुले सकेसम्म सहमतिको आधारमा नयाँ नेतृत्व चयन गर्ने प्रयत्न गर्नेछ । सहमतिको आधारमा नेतृत्व चयन हुन नसकेको खण्डमा निर्वाचनमार्फत नेतृत्व चयन गरिनेछ । त्यसका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिनेछ ।

करिब ७ वर्षपछि हुन लागेको यो महाधिवेशनबाट अनेरास्ववियुले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ केन्द्रीय कमिटीमा यो पटक नयाँलाई प्राथमिकता दिनेछ । अनेरास्ववियु अध्यक्ष सुनीता बरालले केन्द्रीय कमिटीमा अधिकतम नयाँ साथीहरूलाई निर्वाचित गराइने बताइन् ।

महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘केन्द्रीय कमिटीमा अधिकतम नयाँ साथीहरूलाई निर्वाचित गर्छौं । मापदण्ड पूरा गरेर आएका साथीहरूले त्यो अवसर पाउनेछन् ।’

केन्द्रीय कमिटीमा सबै जिल्लाबाट सहभागिता गराउने प्रयास गरिने उनको भनाइ छ । केन्द्रीय कमिटीलाई समावेशी र ऊर्जावान् बनाउने गरी अघि बढिने उनले बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved