भारतमा सुरु भएको कृषि महोत्सवमा नेपालको पनि सहभागिता

नेपालभ्युज

भारतमा सुरु भएको कृषि महोत्सवमा नेपालको पनि सहभागिता

काठमाडौं। भारतको बिहार सरकार, भारतीय कृषि अनुसन्धान परिषद् र एसके चौधरी फाउन्डेसनको संयुक्त आयोजनामा ‘अन्तर्राष्ट्रिय दीगो कृषि विकास, यसका चुनौती र अवसर’ तीन दिवसीय कृषि महोत्सवमा सुरु भएको छ ।

भारत बिहार मधुवनीमा आयोजना सो महोत्सवमा नेपालको तर्फबाट नेपाल फार्मस एडभाइजरी काउन्सिल सहभागी भएको हो । सो महोत्सवमा नेपाललगायत विभिन्न ३१ वटा देशका कृषि विज्ञहरूको सहभागिता रहेका छन् ।

सोमबारसम्म चल्ने सो महोत्सवको मुख्य अतिथि लोकसभाका सहायक प्रमुख महेश्वर हजारी थिए भने भारत सरकारका लघुवित्तमन्त्री नारायण टाटु राने, विहार सरकारका मन्त्री लेसीसी, सञ्यजकुमार झा, समिर कुमार महासेट, शिलाकुमारी मण्डललगायतको सहभागिता थियो । नेपाल फार्मस एडभाइजरी काउन्सिलका अध्यक्ष एवं पूर्व कृषि सचिव डा.योगेन्द्रकुमार कार्कीले कृषि, पशुपन्छी तथा मत्स्य प्रसार सेवामा नेपालमा नयाँ आयाम थपिने अपेक्षा गरिएको बताए ।

भारतमा भएका कृषि अभ्यासहरू नेपालमा पनि लागू गर्न सकिने बताउँदै सार्क राष्ट्रहरूले कृषि विकासका सामूहिक रणनीतिक योजनाहरू बनाएर अगाडि बढ्ने धारणा उनले राखे । कृषि मन्त्रालयका पूर्वसह-सचिव डा. विमलकुमार निर्मललले दीगो विकासका लागि खाद्य सुरक्षाः यसका चुनौती तथा अवसरहरूबारे कार्यपत्र प्रस्तुत गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved