आत्मदाह गरेका प्रेम आचार्यको परिवारले बिमाबाट पायो ५० लाख

नेपालभ्युज

आत्मदाह गरेका प्रेम आचार्यको परिवारले बिमाबाट पायो ५० लाख

काठमाडौं। बानेश्वरमा आफैंमाथि पेट्रोल खन्याएर आत्मदाह गरेका इलामका प्रेम प्रसाद आचार्यको परिवारले बिमा बापतको ५० लाख दाबी भुक्तानी पाएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आचार्यको परिवारलाई ५० लाख १२ हजार १ सय ९४ रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको जनाएको छ । बिमा प्राधिकरणले इन्स्योरेन्स गर्दाको अवस्था र नियमित बिमा शुल्क भुक्तानी गरे नगरेको बुझेर दाबी दिनु भनेको थियो ।

बिमा कम्पनीले सूर्योदय नगरपालिका इलामको मेयर, उपमेयर, वडाअध्यक्ष तथा कम्पनीको तर्फबाट प्रदेश १ का प्रमुख तुलसीनाथ पौड्यालको रोहबरमा मृतक आचार्यकी श्रीमती नानुका अधिकारीलाई दाबी बापतको रकमको चेक हस्तान्तरण गरेको हो ।

आचार्यले २०७७ मंसिर २ गते कम्पनीमार्फत ५० लाख रुपैयाँको धनञ्जय बिमा पोलिसी खरिद गरेको र कम्पनीलाई दुई किस्तामार्फत ६ लाख ९३ हजार ६ सय रुपैयाँ बिमा शुल्क बुझाएका थिए ।

धन फिर्ता ‘मनी ब्याक’ बिमा पोलिसी भएकाले आचार्यले यस अगाडि प्राप्त गरेको दाबी रकमलाई कट्टा गरी उक्त रकम दिएको कम्पनीले जनाएको छ ।

गएको माग १० गते आचार्यले बानेश्वरस्थित संसद भवन अगाडि आफैंलाई आगो लगाएका थिए । उपचारको क्रममा माघ ११ गते उनको मृत्यु भएको थियो । आत्मदाह गर्नुअघि आचार्यले सामाजिक सञ्जालमा ‘व्यवसाय गर्दा डुबेको र त्यसमा राज्यको नीतिहरू दोषी रहेको’ उल्लेख गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved