टर्की भूकम्पमा तीन नेपाली सम्पर्कविहीन

नेपालभ्युज

टर्की भूकम्पमा तीन नेपाली सम्पर्कविहीन
तश्वीर : एपी

काठमाडौं। टर्की र सिरियाको सीमानजिकै गएको शक्तिशाली भूकम्पमा परेर तीन जना नेपाली सम्पर्कविहीन भएको पाइएको छ । सम्पर्कविहीन भएका नेपाली कहाँका हुन् भन्ने खुलेको छैन।

टर्कीस्थित नेपाली दूतावास नभएको कारण त्यहाँ कति संख्यामा नेपालीहरू रहेका छन् भन्ने यकिन तथ्यांक नभएको टर्कीलाई हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

पछिल्लो समाचारअनुसार वैध र अवैधरूपमा गरेर ४ हजारदेखि ५ हजारको हाराहारीमा नेपालीहरू त्यहाँ रहेको अनुमान गरिएको छ ।

सोमबार बिहानको विनाशकारी भूकम्पका कारण टर्की र सिरियामा ठूलो मानवीय र भौतिक क्षति भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved