चुडामणि शर्माविरुद्ध भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा साक्षी बुझ्ने आदेश

नेपालभ्युज

चुडामणि शर्माविरुद्ध भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं। कर छुटका नाममा व्यापारीसँग लाभ लिएर मिनाहा गरेको आरोप लागेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरुद्ध विशेष अदालतमा दर्ता रहेका भ्रष्टाचारसँग सम्बन्धित तीनवटा मुद्दामा मंगलबार साक्षी बुझ्ने आदेश भएको छ ।

मुद्दा दर्ता भएको झन्डै साढे ५ वर्षपछि न्यायाधीश श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार उक्त आदेश गरेको हो ।

कर फर्छ्योट आयोगका पदाधिकारी रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरुद्ध २०७४ साउन १ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । त्यतिवेला शर्मा पक्राउ परेका थिए । उनीहरुविरुद्ध १० अर्बभन्दा बढीको बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो ।

२०७४ माघ १५ गते अकुत सम्पत्ति आर्जन गरेको भन्दै शर्मा र उनकी श्रीमती कल्पनाविरुद्ध पनि विशेष अदालतमा अर्को मुद्दा दर्ता भएको थियो । २०७८ असार ९ गते शर्मा, महत र ढकालविरुद्ध राजस्व चुहावटमा करिब एक अर्ब ३३ करोड बिगो दाबी गर्दै अर्को मुद्दा दायर भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved