संसदमा जनसरोकारका विधेयकहरूलाई प्रस्तुत गर्ने सहमति

नेपालभ्युज

संसदमा जनसरोकारका विधेयकहरूलाई प्रस्तुत गर्ने सहमति

काठमाडौं। सरकारले प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रस्तुत गर्ने विधेयकका बारेमा सोमबार बालुवाटारमा बोलाएको बैठकमा जनसरोकारसँग जोडिएका विभिन्न विधेयक प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको हो ।

व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकसँग भएको छलफलमा विकास, सुशासन, संक्रमणकालीन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार भएका विधेयक सदनमा लैजाने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जनसरोकारसँग प्रत्यक्ष जोडिएका, सुशासन र विकासका लागि आवश्यक कानुन निर्माणका लागि सरकारले सदनमा छलफलका लागि विधेयक प्रस्तुत गर्ने विषयमा छलफल भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved