प्रधानमन्त्री प्रचण्डसँग विप्लवको भेट, के भयो कुराकानी ?

भेटमा माओवादी धारका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकताबारे नेताहरूबीच गहन छलफल भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डसँग विप्लवको भेट, के भयो कुराकानी ?

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भेट गरेका छन् । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर विप्लवले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।  प्रधानमन्त्रीसँग भेट गर्न महासचिव विप्लव नेता खड्गबहादुर विश्वाकर्मासहित बालुवाटार पुगेका थिए ।

भेटमा माओवादी धारका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकताबारे नेताहरूबीच गहन छलफल भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए। उनीहरूबीच तत्काल समाजवादी शक्तिहरूबीच साझा मोर्चा र कार्यक्रम बनाएर सहकार्य गर्दै भविष्यमा एकताको आधार तयार पार्नेबारे समझदारी भएको उनले बताए।

भेटका क्रममा नेकपाका नेताहरूले अघिल्ला सरकारहरूसँग भएका सहमति कार्यान्वयनमा सरकारको धारणाबारे चासो राखेका थिए।  प्रधानमन्त्रीले विगतका सरकारले गरेका सबै सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै बन्दीहरू रिहाइका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved