रविको नागरिकता सम्बन्धि मुद्दामा सर्वोच्चको फैसलाप्रति एमाले अध्यक्ष ओलीले उठाए प्रश्न

नेपालभ्युज

रविको नागरिकता सम्बन्धि मुद्दामा सर्वोच्चको फैसलाप्रति एमाले अध्यक्ष ओलीले उठाए प्रश्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेको नागरिकता सम्बन्धि मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलामाथि प्रश्न उठाएका छन् ।

प्रतिनिधि सभाको आइतबार बैठकमा अध्यक्ष ओलीले यो फैसलाबाट कसलाई न्याय भयो भन्ने आफूले बुझ्न नसकेको बताए । आफूले अदालतको सम्मान गर्ने तर यो फैसलापछि केही प्रश्न आएको उनको भनाई छ ।

उनले भने, ‘उजुरीकर्तालाई के मर्का पर्‍यो र उजुर गर्न गए भन्ने मैले बुझिन ।’ असम्बन्धित व्यक्तिले निवेदन दिएको भन्दै अध्यक्ष ओलीले  संविधान र कानुन उल्लंघन भए रोक्नुपर्ने, तर एउटा नागरिक राज्यको प्रहारमा पर्न नहुने उल्लेख गरे ।

रविलाई निर्वाचन आयोगले उम्मेदवार हुन पाउँछ भनेर सदर गरेको र चुनाव लड्दा अत्याधिक मतले जितेको भन्दै उनले राज्यका अंगप्रति पनि प्रश्न उठाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved