कांग्रेसमाथि ओलीको हमला, ‘सत्ता नपाएर छटपटाइरहेको छ’

नेपालभ्युज

कांग्रेसमाथि ओलीको हमला, ‘सत्ता नपाएर छटपटाइरहेको छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सत्ता बाहिर आफ्नै अस्तित्व विश्वास गर्न नसक्ने अवस्थामा पुगेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले सत्ता नपाउँदा कांग्रेस पानी बाहिरको माछा जस्तै छटपटाइरहेको टिप्पणी गरे ।

सत्ता बाहिर बस्न कांग्रेसलाई निकै मुस्किल परिरहेको भन्दै उनले थपे, ‘यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ । सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा कांग्रेस पुगेको छ ।’

अहिले कांग्रेसले सत्ता गठबन्धनमा भाँजो हाल्न खोजेको भन्दै ओलीले असन्तुष्टि जनाए । उनले भने, ‘बाहिर रहँदा सत्ता पक्षमा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै छ ।’

पछिल्लो पटक रवि लामिछाने प्रकरण र राष्ट्रपतिको चयनलाई लिएर सत्ता गठबन्धनमा समस्या आइरहँदा अध्यक्ष ओलीको भनाई आएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved