हत्या आरोपमा गुल्मीमा श्रीमान्–श्रीमती पक्राउ

नेपालभ्युज

हत्या आरोपमा गुल्मीमा श्रीमान्–श्रीमती पक्राउ

काठमाडौं। गुल्मीमा एक भारतीय नागरिकको हत्या गरेको आरोपमा श्रीमान्–श्रीमती पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको सत्यवती गाउँपालिका–१ का छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारी पक्राउ परेका हुन् । उनीहरूले भारत बिहारका ४४ वर्षका शेख आलिनामको हत्या गरेको आरोप छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले शनिबार पत्रकार सम्मेलन गरी अधिकारी दम्पतीलाई सार्वजनिक गरेको छ । गत पुस १९ गते भारतीय नागरिक आलिनामको शव स्याङ्जा र गुल्मीको सिमाना कालीगण्डकी नदीको किनारमा फेला परेको थियो ।

टाउको तथा निधारको भागमा गहिरो चोट लागेकाले हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा १२ माघमा अधिकारी दम्पतीले आलिनामको हत्या गरेको खुलेको थियो ।

गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटका अनुसार उनीहरू दुवैले हत्या गरेको स्वीकार गरेका छन् । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत गुल्मीसँग अनुमति लिने प्रहरीको तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved