केदारनाथधाम हिउँले ढाकियो

यमुनोत्री, गङ्गोत्री र बद्रीनाथसहित चार धाम भनेर चिनिने चारवटा पुरातन तीर्थस्थलहरूमध्ये केदारनाथ प्रमुख तीर्थस्थल हो।

नेपालभ्युज

केदारनाथधाम हिउँले ढाकियो

देहरादुन । केदारनाथ धाम हिउँले ढाकिएको छ । केदारनाथधाममा चार फिटसम्म हिउँ जमेको छ । केदारनाथ क्षेत्रमा आइतबार रातिदेखि लगातार हिमपात भइरहेको बताइएको छ ।

धाम परिसर र वरपरका पहाडमा भारी हिउँ परेको अधिकारीहरूले जनाएका छन् । यसैबीच राज्यको उत्तरकाशी प्रहरीले आसपासका नागरिकहरूलाई सम्भावित जोखिमबाट सचेत रहन आग्रह गरेका छन् ।

उत्तरकाशी प्रहरीले ट्वीटमा उल्लेख गरेको छ – वर्षा र हिमपातका कारण गङ्गोत्री राष्ट्रिय राजमार्ग सुक्की टोपभन्दा माथि धरासु बन्दरकोट र बन्दरकोट नजिकै आएका फोहोर र हिमपहिराका कारण अवरुद्ध भएको छ । यमुनोत्री राष्ट्रिय राजमार्ग जानकीछट्टी र राडी मार्ग पनि अवरुद्ध भएको छ। यात्रुहरूलाई सावधानीपूर्वक हिड्न भनिएको छ ।

केदारनाथ धामका द्वारहरू अप्रिल २६ मा र गङ्गोत्री र यमुनोत्रीका ढोकाहरू अप्रिल २२ मा जाडो बिदापछि मात्र खुल्ने मन्दिर व्यवस्थान समितिले जनाएको छ । केदारनाथ, यमुनोत्री र गङ्गोत्रीका द्वार खोल्ने मिति तय हुनासाथ चारधाम यात्राको तयारी पनि शुरु हुने बताइएको छ ।

यमुनोत्री, गङ्गोत्री र बद्रीनाथसहित चार धाम भनेर चिनिने चारवटा पुरातन तीर्थस्थलहरूमध्ये केदारनाथ प्रमुख तीर्थस्थल हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved