किन कहिल्यै सुध्रिएन राज्यको चरित्र ? ‘हामी यस्तै त हो नि ब्रो’ भनेर कहिलेसम्म चल्छ ?

व्यवस्था फेरिए होलान्, राजनीतिक प्रणाली फेरियो होला । तर, के यी परिवर्तनले राज्यको आधारभूत वर्ग संचरना र चरित्रमा कुनै भिन्नता आयो ? आएन । हाम्रो राज्यको चरित्र आज पनि जो शक्तिशाली छ, उसैले लुट्नु हो ।

किन कहिल्यै सुध्रिएन राज्यको चरित्र ? ‘हामी यस्तै त हो नि ब्रो’ भनेर कहिलेसम्म चल्छ ?

काठमाडौं। युवा उद्यमी प्रेमप्रसाद आचार्यको आत्मदाहले सिंगो देशलाई आक्रोशित मात्र बनाएको छैन, राज्यका अनेक विकृति, विसंगति र बदनियतलाई सतहमा ल्याएको छ । राज्यको प्रशासनिक प्रक्रिया, झञ्झट र झमेला, कदम-कदममा उद्यमशीलतालाई निरुत्साहित गर्ने संयन्त्र, प्रवृत्ति र पात्र, बजार प्रक्रियामा रहेका जटिलता, उत्पादक तथा कृषकले भोगिरहेका समस्या, त्यसले मानिसमा परिरहेको मानसिक असर र बढ्दो अवसादको मात्रालाई उनले ‘जाँदाजाँदा’ सटिक, वस्तु र जीवन्त विश्लेषण गरेका छन् ।

हुन त, यी सबैले भोगेका, बुझेका समस्या नै थिए । लाखौं मानिसले दैनिक जीवनमा बारम्बार सामना गरेका वा गरिरहेका समस्या नै थिए । तथापि, कसैको ध्यानकर्षण भइरहेको थिएन । ‘हामी यस्तै त हो नि ब्रो’ भन्दै नीच मारेर हिँडिरहेका थियौैं सबै । ‘चल्ते चलाते’ बन्न अभ्यास बन्नु बाहेक कुनै उपाय थिएन र अहिले पनि छैन । राज्य चलाउनेहरूलाई कुनै चिन्ता छैन । राजनीतिक तथा प्रशासनिक नेतृत्वमा कुनै चिन्तन छैन । नागरिकले मात्र कति थोकको चिन्ता गर्न सक्दछन् ?

एक्काइसौं शताब्दिको दोस्रो दशक पार गरिसक्दा समेत मध्यम आयस्तर नछोएको गरिब मुलुकमा अधिकांशको चिन्ता हातमुख जोर्न नै हुन्छ । त्यसैका लागि लाखौं विदेसिएका छन् । करिब एकतिहाइ जनसंख्या विदेशमा छ । देशमा अधिकांश त्यस्ता बाँकी छन, जो त्यही ‘विदेश जाने’ अवसरको समेत व्यवस्थापन गर्न असमर्थ छन् ।

देशमा राजीखुसीले, पुग्दोसरी भएर बसेका, बाँचेका मुस्किलले ५ प्रतिशत होलान् । यो नै देशको वर्चश्वशाली, शक्तिशाली वर्ग हो । यो पाँच प्रतिशत नै राज्य हो अहिले । यो वर्गले देशको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक, प्रशासनिक सबै शक्ति र स्रोतसाधन कब्जा गरेको छ।

बजारमा पर्याप्त पैसा छैन । बारम्बार लिक्विडिटीको संकट आउँछ । पैसा कहाँ गइरहेको छ, स्वयं राज्य र अर्थतन्त्रलाई थाहा हुँदैन । यसको सरल अर्थ हो– देशमा वैधभन्दा अवैध अर्थतन्त्र ठूलो छ । र अवैध अर्थतन्त्रमा यिनै शक्तिशाली भनिएकाहरूको हालीमुहाली, रजगज छ।

प्रहरी यिनैको मुठ्ठीमा छ । सीडीओ कार्यालय यिनैको मुठ्ठीमा छ । अख्तियार दुरुपयोग यिनैको मुठ्ठीमा छ । ‘करोडौं हान्दिएको हो’ भन्दै हिँड्नेलाई एक घन्टा सोधपुछ गर्न नसक्ने कठ्पुतली अख्तियार छ । अदालत यिनैको मुठ्ठीमा छ । यी सबैतिर सेटिङ हुन्छ, सेन्डिकेट हुन्छ । लुटतन्त्र राज्यको वैधानिक चरित्र बनेको छ ।

भ्रष्टाचार गर्ने यही वर्गका हुन् । घुस कमिसन खाने यिनै हुन । कर, राजस्व छल्ने यिनै हुन् । चुनावमा अकूत कालो धन खर्च गरेर लोकतान्त्रिक निर्वाचनलाई औपचारिकता र कर्मकाण्ड सावित गर्ने यिनै हुन् । ‘खरिदिएको प्रयोजित जनादेश’ देखाएर ‘देख्यौं, भोट हामीले नै पायौं’ भन्दै तीन हात उफ्रिने यिनै हुन् । दलपतिहरू यिनै हुन्। दलभित्र गुट चलाउने, गुट पाल्न अवैध धन खर्च गर्ने गुटपतिहरू यिनै हुन् । लाइसेन्स, ठेक्कापट्टामा मिलोमतो गर्ने यिनै हुन् । कमजोर गुणस्तरका भौतिक संरचना बनाएर राज्य लुट्ने यिनै हुन् ।

प्रहरी यिनैको मुठ्ठीमा छ । सीडीओ कार्यालय यिनैको मुठ्ठीमा छ । अख्तियार दुरुपयोग यिनैको मुठ्ठीमा छ । ‘करोडौं हान्दिएको हो’ भन्दै हिँड्नेलाई एक घन्टा सोधपुछ गर्न नसक्ने कठ्पुलती अख्तियार छ । अदालत यिनैको मुठ्ठीमा छ । यी सबैतिर सेटिङ हुन्छ, सेन्डिकेट हुन्छ । लुटतन्त्र राज्यको वैधानिक चरित्र बनेको छ । कसैले यस्ता विषय उठायो भने ‘अवसर नपाएकाको ईष्या’ ठानिन्छ । ‘तैले पाए पनि त्यसै गर्थिस्’ ‘मैले अवसर पाएँ, खाएँ, कुम्ल्याएँ, कमाएँ, के गर्छस्’ भन्ने तम्तयार मनोविज्ञान छ।

ठूला भनिएका नेता एक-अर्काको सत्तोसरापले नै पुगेको छ । ती अनेक नाटक र नौटंकी गर्न माहिर छन् । देश र जनताका समस्याबारे गम्भीर छलफल, कुनै गम्भीर सार्वजनिक बहस कहिल्यै हुँदैन । न राजनीतिक दलमा, न संसदमा न सार्वजनिक जीवनमा ।

यहाँ राजनीतिक बहसको अर्थ हो– एक अर्कालाई गाली गर्नु । ‘तैले चोरिस् मैले चोर्न नपाउने ?’  भन्ने प्रकारका बहस हुन्छन् राजनीतिमा । सबै अर्काको गल्ती देखाउन माहिर छन् । अझ ठूलो दलका ठूला नेता झन् धेरै माहिर छन् । कांग्रेसका देउवा बरु कम बोल्लान्, एमालेका ओली र माओवादीका दाहाल त ‘बोलीका बादशाह’ नै भए । बोलेर यिनलाई कसले जित्छ ? बाह्र बिंगा हानेर बोल्दिन्छन् यिनले ? यिनलाई जति उखानटुक्का कसलाई आउँछ यो देशमा ?

तर, जब ‘काम’ को कुरा आउँछ, सबै चिज बेपत्ता हुन्छ । यिनका बोली र राज्यको कार्यसम्पादन क्षमतास्तरमा कुनै तारतम्य देखिँदैन । कथनी र करणीबीच ठूलो ‘ग्याप’ र विरोधाभाष छ । अपेक्षा नगरौँ, देशको ठूला, शक्तिशाली र औपचारिक शक्ति यिनै हुन् । अपेक्षा गरौँ हुने त्यही गफ मात्रै हो । राज्यका नीतिमा गम्भीर फड्को मार्ने कुनै तत्परता देखिँदैन ।

राजनीतिक नेतृत्वको प्रयत्न, समझ र अनुगमनबिना प्रशासनिक बेथिति र समस्या समाधान हुन सक्दैनन् । राजनीतिक नेतृत्वलाई दैनिक प्रशासनिक जीवनमा, आर्थिक पद्धति र प्रणालीमा के समस्या छ ? तिनको समाधान कसरी गर्नुपर्छ भन्ने कुरामा कुनै चासो वा ध्यानाकर्षण नै हुँदैन ।

व्यवस्था फेरिए होलान्, राजनीतिक प्रणाली फेरियो होला । राणाशाही गयो । राजतन्त्र गयो । पञ्चायत गयो । २०४७ सालको संविधान गयो । ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ आयो । तर, के यी परिवर्तनले राज्यको आधारभूत वर्ग संचरना र चरित्रमा कुनै भिन्नता आयो ? प्रशासनिक कार्य पद्धति र कार्य सम्पादन क्षमतामा कुनै भिन्नता आयो ? बिल्कुलै आएन ? किन आएन ? किन बद्लिएन हाम्रो राज्यको चरित्र ?

हाम्रो राज्यको चरित्र आज पनि जो शक्तिशाली छ, उसैले लुट्नु हो । राज्यको पद र प्रतिष्ठामा पुगेर धनी नभएका कोही छैंन यहाँ । चाहे राणा हुन, चाहे शाह हुन, चाहे पञ्च हुन, चाहे कांग्रेस हुन्, चाहे कम्युनिस्ट हुन्, चाहे मधेसवादी हुन– सत्तामा पुगेर सर्लक्क चोखो फर्किएको, आफ्नै श्रम र पसिनाको कमाइले बाँचेको, घुस, कमिसन विनाको जिन्दगीमा गौरव गर्न सक्ने, आफ्नो आसेपासे, आफन्त र परिवारलाई नपोसेको दुर्लभ सत्तासीन वा राजनीतिकर्मी बाँकि होला । हजारौंमा कोही-कोही होलान उदाहरणका लागि देखाउन ।

आत्मदाह आफैँमा एक सर्वाधिक कठोर विद्रोह हो । नेपालको इतिहासमा विरलै यस्ता घटना भएका होलान् । राणाशासनको क्रुरता चरम सीमामा पुगेको बेला योगमायाले अरुणमा सामूहिक जलसमाधी गरेकी थिइन् । प्रेम आचार्यको आत्मदाह त्यो भन्दा पनि कठोर हो ।

प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाउने अन्त्यन्त कठोर, एक प्रकारले अमानवीय र अकल्पनीय निर्णय गरे । त्यो कति ठीक हो, कति बेठीक हो, त्यसको भिन्नै बहस हुन सक्दछ । तर, प्रेम आचार्यले राज्य प्रणाली, प्रशासनयन्त्र, समाज व्यवस्था र बजारतन्त्रका जुन समस्यालाई जसरी सहतमा ल्याए, त्यो विद्रोह थियो ।

आत्मदाह आफैँमा एक सर्वाधिक कठोर विद्रोह हो । नेपालको इतिहासमा विरलै यस्ता घटना भएका होलान् । राणाशासनको क्रुरता चरम सीमामा पुगेको बेला योगमायाले अरुणमा सामूहिक जलसमाधी गरेकी थिइन् । प्रेम आचार्यको आत्मदाह त्यो भन्दा पनि कठोर हो । योगमायाको जलसमाधीको एक दशक नबित्दै राणाशासन सधैँका लागि बिदा भएको थियो । प्रेम आचार्यको आत्मदाहले कुशासन र भ्रष्टाचारको दानवलाई दहन गर्न सके त्यो आफैँमा एक महान् शाहदत हुने थियो ।

प्रेम आचार्यको ‘आत्मदाह पत्र’ देशको ‘प्रशासनिक बडापत्र’ बन्न योग्य छ । कम्तीमा यो देशका राजनीतिज्ञ र प्रशासकले, यो देशका बैंकर्स, साहु महाजन र ठूला व्यापारीले त्यति मात्रै नगरिदिए यो देशको धेरै ठूलो कल्याण हुने थियो, जसलाई प्रेम आचार्यले आफ्नो आत्मदाह पत्रमा समस्याका रूपमा चित्रण गरेका छन् र समाधानका उपायका रूपमा सुझाएका छन्।

यस्ता समस्याको अध्ययन गर्नुपर्ने, विश्लेषण र ठहर गर्नुपर्ने, समाधान उपाय सुझाउनुपर्ने काम राज्यको तलबभत्ता खाएर बसेका, सेवासुविधा लिएर उघ्राएका विज्ञ, परामर्शदाता, नीति-निर्माताको हुन्थ्यो होला । विज्ञ परिषद् प्रतिष्ठान र योजना आयोगको हुन्थ्यो होला । प्रशासनिक सुधार आयोग र अन्य अनुसन्धान संस्थाको हुन्थ्यो होला । नीति निर्माताको हुन्थ्यो होला ।

प्रेमले राज्यको दुई पैसा नलिइकन ती काम गरेर गएका छन्, आफैँलाई जलाएका छन् । राज्य र राष्ट्र राम्रो बनोस्, समाजले सुख पाओस् भन्दा बढी उनको अरु कुनै अभिष्ट देखिँदैन । प्रेमको आत्मदाह कुनै राजनीतिक प्रोपोगान्डा मान्न सकिन्न । व्यक्तिगत स्वास्थ्य समस्या र डिप्रेसनको बिमार मात्रै मान्न सकिँदैन । यहाँ प्रेमको जस्तै लाखौंको मन जलिरहेको थियो, जलिरहेकै छ, उनले आफ्नै शरीर जलाए, फरक त्यति मात्रै हो । अन्यथा प्रेमले उठाएका सवाल प्रेमका मात्र हैन, लाखौंलाख नागरिकका हुन् । आम भुइँमान्छेका हुन् ।

यो समय कसको समय हो ? कस्तो समय हो ? नि:सन्देह यो राणा, शाह, पञ्चको समय हैन होला । कांग्रेस–कम्युनिस्टहरुको समय होला । कांग्रेस– कम्युनिस्ट भएर पनि राज्यको चरित्र राणा, शाह र पञ्चको भन्दा फरक गर्न, फरक पार्न नसकेकाहरूको समय होला ।

सामाजिक सञ्जालमा लाखौं मान्छेले आक्रोश पोखिरहेका छन् । तीमध्ये अधिकांशको एउटै राय देखिन्छ– यो ‘आत्महत्या’ हैन, राज्य दुरुत्साहित ‘हत्या’ हो । अझ माथि उठेर एक ‘कठोर विद्रोह’ हो । कवि तथा सेवानिवृत प्रशासक चन्द्र घिमिरेले बडो सटिक र संक्षिप्त प्रतिक्रिया गरेका छन्– गरी खान पाइनँ भन्न पनि ‘मर्न’ पर्ने कस्तो समय हो ?

यो समय कसको समय हो ? कस्तो समय हो ? नि:सन्देह यो राणा, शाह, पञ्चको समय हैन होला । कांग्रेस–कम्युनिस्टहरुको समय होला । कांग्रेस– कम्युनिस्ट भएर पनि राज्यको चरित्र राणा, शाह र पञ्चको भन्दा फरक गर्न, फरक पार्न नसकेकाहरूको समय होला ।

के यिनको हृदय अझै पनि ढुंगाकै छ ?

कहिले बद्लिएला हाम्रो राज्यको चरित्र ? कहिले बद्लिएला हाम्रो मति ?

 

प्रेमले उठाएका समस्या र सवाल बुझ्ने कोही छ यो देशमा ?

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved