स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम भर्ने म्याद थपियो

नेपालभ्युज

स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम भर्ने म्याद थपियो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम भर्ने म्याद थप गरेको छ । बल्खुले २०७८ सालको वार्षिक प्रणाली अनुसार स्नातक तह प्रथम वर्ष (आंशिक) परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने म्याद थप गरेको हो ।

कार्यालयले फारम भर्ने म्याद ७ माघ २०७९ सम्म कायम गरेको भएपनि कतिपय क्याम्पसहरूबाट फारम भर्ने विद्यार्थीहरू छुटेको भन्ने जानकारी आएपछि  १५ माघसम्मका लागि म्याद थप गरेको हो ।

थप गरिएको १५ माघ २०७९ सम्म दोब्बर दस्तुरसहित आवेदन फारम भर्न सकिने छ । आवेदन फारम भरेकाहरूको विवरण १६ गते भित्र अनलाइन मार्फत इन्ट्री गर्न सूचित गरेको छ ।

साथै  ४ वर्षे स्नातक तह प्रथम वर्ष नियमित (२०७९) परीक्षा दिने परीक्षर्थीहरुको हकमा परीक्षा फारम भर्ने म्याद २२ माघसम्म थप गरिएको छ । सो पछि ७ दिन दोब्बर दस्तुरसहित फारम भराई सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैंक भौचर सहित पठाउन  परीक्षा नियन्त्रण कार्यालयले सूचित गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved