राष्ट्रपति निर्वाचनलक्षित रणनीति बनाउन कांग्रेसमा छलफल तीव्र

नेपालभ्युज

राष्ट्रपति निर्वाचनलक्षित रणनीति बनाउन कांग्रेसमा छलफल तीव्र

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनलाई लक्षित गरी गतिविधिलाई अगाडि बढाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक छलफललाई तीव्रता दिएका छन् ।

माघ ५ र ७ मा भएको सभामुख र उपसभामुखको निवार्चनमा पराजय भोगेको कांग्रेस राष्ट्रपति निर्वाचनमा सफलता हात पार्ने रणनीति बनाएको हो ।

पार्टीको आन्तरिक मतभेदलाई थाती राखेर कांग्रेस सभापति देउवाले रणनीतिक छलफल अगाडि बढाएको पाइएको छ । राष्ट्रपति निर्वाचनका सन्दर्भमा छलफल गर्न देउवाले बुधबार बिहान शीर्ष नेताको बैठक बोलाएको एक पदाधिकारीले बताए । भोलिको बैठकमा केन्द्रीय कार्यसमिति बैठकका सन्दर्भमा पनि छलफल हुने उनको भनाइ छ ।

माघ १५ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । पहिलो पटक पुस २२ गतेका लागि बोलाएको बैठक पुस २८ गतेका लागि सारिएको थियो । उक्त मितिमा पनि बैठक बस्न नसकेपछि माघ १५ गते बैठक केन्द्रीय समिति बैठक बस्दैछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved