भेनेजुएलामा एकै वर्ष २ सय ३४ प्रतिशत मूल्यवृद्धि

नेपालभ्युज

भेनेजुएलामा एकै वर्ष २ सय ३४ प्रतिशत मूल्यवृद्धि

एजेन्सी। भेनेजुएलामा २०२२ मा महँगी २ सय प्रतिशतले बढेको छ । उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सोमबार एक बैठकलाई सम्बोधन गर्दै सन् २०२२ मा भेनेजुएला गहिरो र लामो आर्थिक संकटसँग संघर्ष गरिरहेको बताउँदै २ सय ३४ प्रतिशत महँगी बढेको बताएका  छन् ।

अघिल्लो वर्षको आर्थिक मन्दीको असर अहिलेसम्म देखिएको उनको भनाई छ । रोड्रिग्वेजले टर्की र भेनेजुएलाका व्यापारी नेताहरूसँगको बैठकमा महँगीदरबारे बोलेका थिए । भेनेजुएलाको केन्द्रीय बैंकले कहिलेकाहीं आर्थिक डेटा प्रकाशित गर्छ, तर अक्टोबरदेखि महँगीको तथ्यांक दिएको छैन।

समाजवादी राष्ट्रपति निकोलस मादुरो र उनको सरकारले महँगीको दरलाई कम गर्दै, सार्वजनिक खर्च सीमित गर्ने र करहरू बढाउने जस्ता कठोर आर्थिक नीतिहरूका साथ उपभोक्ता मूल्यलाई नियन्त्रणमा राख्न कोसिस गरेका थिए । तर नोभेम्बरदेखि भने सरकारी योजनाले काम गर्न छाडेको छ ।

स्रोतहरूले समाचार संस्था रोयटर्सलाई भनेका छन्, ‘देशको मुद्रा बोलिभर अमेरिकी डलरको तुलनामा अवमूल्यन हुँदा महँगी द्रुत रूपमा बढ्दै गएको छ।’ सरकारी खर्च पनि बढेको छ र डलरको माग केन्द्रीय बैंकको विदेशी मुद्रा सञ्चितिभन्दा बढी छ। देशको केन्द्रीय बैंकका अनुसार २०२१ मा महँगी ६ सय ८६ प्रतिशत भन्दा बढी थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved