पार्टी एकताका लागि जसपा र एकीकृत समाजवादीका नेता दस्तावेज पढ्दै

नेपालभ्युज

पार्टी एकताका लागि जसपा र एकीकृत समाजवादीका नेता दस्तावेज पढ्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी एकताको कामलाई अगाडि बढाएको छ । दुई पार्टीका एकता वार्ता समितिले कार्यदल गठन गरी एक अर्काका दस्तावेज अध्ययन थालेको जसपाको प्रचार विभागले जनाएको छ ।

शुक्रबार बसेको एकता वार्ता समितिको बैठकले एक अर्काका दस्तावेज अध्ययन गर्न गोविन्द चौधरी र डा. विजय पौडेल रहेको कार्यदल बनाएको छ । कार्यदलले दुवै पार्टीबीचका समानता र असमानता पहिल्याई आगामी बैठकमा पेस गर्नेछ ।

कार्यदलले पहिल्याएका समान धारणाहरुमा सहकार्य गर्दै जाने र असमान धारणाहरु हल गर्दै जाने वार्ता समितिको बैठकले निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved