तटस्थ र इमान्दारिताका साथ सबैको पक्षमा बोल्नेछुः उपसभामुख राना

नेपालभ्युज

तटस्थ र इमान्दारिताका साथ सबैको पक्षमा बोल्नेछुः उपसभामुख राना

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको पदीय जिम्मेवारी इमान्दारिताका साथ निभाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

उपसभामुखमा निर्वाचित भएलगत्तै उनले विपक्षी दलका सांसदहरुले समेत उठाएका सवालहरूलाई सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफ्नो इमान्दार प्रयास रहने बताइन् । उनले संविधानले दिएको अधिकार भित्र रहेर संसदको कामलाई अझ बढी प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने पनि बताइन् ।

नेपाली जनताको हक, अधिकारीलाई निडर र अविचलित भएर स्थापित गराउन आफूले काम गर्ने उनको प्रतिबद्धता थियो । ‘नेपालको संविधानले व्यवस्था गरेको भूमिकालाई म इमान्दारिताका साथ निभाउने छु,’ उनले भनिन् ।

उनले अगाडि थपिन्, ‘आम जनताको हक, अधिकारलाई निडर र अविचलित भएर मैले कार्य गर्नेछु । तटस्थ र इमान्दारिताका साथ सबैको पक्षमा बोल्नेछु ।’

उपसभामुख मगरले आफू ठूलो परिवारमा आएको उल्लेख गर्दै त्यसको गरिमालाई कायम राख्दै अघि बढने समेत बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved