हवाई उडान अस्तव्यस्त, कुनै डाइभर्ट, कुनै आकासमै फन्को लगाउँदै

भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण अस्तव्यस्त भएको छ ।  आन्तरिक मात्र नभइ अन्तर्राष्ट्रियतर्फका जहाज पनि निकै प्रभावित भएका छन् ।  

नेपालभ्युज

हवाई उडान अस्तव्यस्त, कुनै डाइभर्ट, कुनै आकासमै फन्को लगाउँदै

काठमाडौं। भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण अस्तव्यस्त भएको छ ।  आन्तरिक मात्र नभइ अन्तर्राष्ट्रियतर्फका जहाज पनि निकै प्रभावित भएका छन् ।

नेपालगञ्जबाट उडेको श्री एयरलाइन्सको विमान झापाको चन्द्रगढी विमानस्थलमा डाइभर्ट भएको छ। यस्तै, नेपाल एयरलाइन्सको क्वालालम्पुरबाट उडेको जहाज काठमाडौंमा अवतरण हुन नकस्दा कोलकाता डाइभर्ट भएको छ।  मुम्बईबाट काठमाडौं आइरहेको भिस्तारा एयरलाइन्स र दिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज आकाश मै होल्ड भइरहेका छन्।

केहिबेरमा भिजिबिलिटीमा सुधार भएर उडान र अवरतण सामान्य हुने अपेक्षा लिइएको विमानस्थल कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved