हप्ताको दुईपटक दही खानुहोस्, मुटुरोग लाग्ने सम्भावना कम हुन्छ

नेपालभ्युज

हप्ताको दुईपटक दही खानुहोस्, मुटुरोग लाग्ने सम्भावना कम हुन्छ

एजेन्सी । दहीले शरीरमा लाग्ने कैयौं रोगबाट छुट्कारा दिलाउँछ । शरीरका लागि निकै स्वस्थकर मानिने दहीले मुटुरोगको सम्भावनाबाट समेत बचाउने एक अध्ययनले देखाएको छ ।

५५ हजार आठ सय ५५ जना मानिसमा गरेको अनुसन्धानपछि यस्तो निष्कर्ष निस्केको हो ।

नियमित डाइटमा दहीको मात्रा बढाउँदा मुटुलाई स्वस्थ राख्नुका साथै यससँग जोडिएर आउने रोगको सम्भावनाबाट पनि बचाउने काम गर्छ ।

अमेरिकन जर्नल अफ हाइपरटेन्सनमा छापिएको एक अध्ययनमा खानासँग दहीको सेवन गर्दा वयस्क मानिसलाई हाइपरटेन्सनको समस्याबाट छुट्कारा दिलाउँछ ।

जसले हप्तामा दुईपटक दहीको प्रयोग गर्छ, उसलाई भविष्यमा हुने स्ट्रोकको सम्भावनामा २० प्रतिशत कम गर्छ । यसका साथै दहीले पाचनप्रणालीमा सहयोग पुर्‍याउनुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

दहीको नियमित सेवनले ठूलो आन्द्रा र कोलोनको क्यान्सरबाट बचाउने गर्छ । कोलेस्टेरोलका विरामीलाई दहीको नियमित प्रयोग फाइदाजनक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved