कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना

नेपालभ्युज

कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौं । देशका केही ठाउँमा आज मौसम बदली हुने र कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना छ  ।

पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको अनुमान छ । तराईमा अहिले बाक्लो हुस्सु लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved