मधेसका मुख्यमन्त्री यादवलाई सबै सांसदले दिए विश्वासको मत

नेपालभ्युज

मधेसका मुख्यमन्त्री यादवलाई सबै सांसदले दिए विश्वासको मत

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सबै दलको विश्वासको मत पाएका छन् । उनले सदनमा उपस्थित सबै सांसदको मत पाए ।

बुधबारको प्रदेशसभा बैठकम १०२ जना सांसदले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका हुन् ।

जसपा संसदीय दलका नेता यादव पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर उनलाई कांग्रेससहित सबै दलले विश्वासको मत दिएका हुन् । मधेस प्रदेशसभामा १० दल छन् ।

मुख्यमन्त्री यादवलाई एमालेका २४, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय समाजवादी पार्टीका १/१ तथा पाँचजना स्वतन्त्र सांसदले विश्वासको मत दिए ।

मधेसको प्रदेशसभामा १०५ सांसद छन् । माओवादीका दुईजना सांसदको शपथ रोकिएको छ भने सभामुखबाहेक अन्य सबैले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved