आफ्नै दाइको हत्या गरेको अभियोगमा पक्राउ

नेपालभ्युज

आफ्नै दाइको हत्या गरेको अभियोगमा पक्राउ

नुवाकोट। नुवाकोटमा आफ्नै दाइको हत्या गरेको अभियोमा एक जना पक्राउ परेका छन् । ५२ वर्षीय दाजु जगत गौचन तामाङको टाउकोमा लाठी प्रहार गरी हत्या गरेको अभियोगमा बेलकोटगढी नगरपालिका-९ नलगाउँ बस्ने ३२ वर्षीय इन्द्र सिंह तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इन्द्र सिंहले मादक पदार्थ सेवन गरी घरायसी विवाद झै-झगडा हुँदा लाठीले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका जगतको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved