लिभरपुलको खराब प्रदर्शन, ब्राइटनसँग हारेसँगै नवौँ स्थानमा झर्यो

नेपालभ्युज

लिभरपुलको खराब प्रदर्शन, ब्राइटनसँग हारेसँगै नवौँ स्थानमा झर्यो

काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले खराब प्रदर्शन जारी राखेको छ  । गएराति भएको खेलमा लिभरपुललाई ब्राइटनले ३–० गोलले हरायो ।ब्राइटनको जितमा सोली मार्चले दुई गोल गरे । ड्यानी वेल्बेकले एक गोल थपे । जितसँगै ब्राइटनले १८ खेलमा ३० अङ्क जोडेको छ ।

ब्राइटन सातौँ स्थानमा छ । लिभरपुल १८ खेलमा २८ अङ्कका साथ नवौँ स्थानमा छ । प्रिमियर लिगका अरु खेलमा साउथह्याम्पटनले एभर्टनलाई २–१ गोलले, नटिङ्घम फरेस्टले लेस्टर सिटीलाई २–० गोलले, उल्भ्सले वेस्ट ह्यामलाई १–० गोलले तथा ब्रेन्टफोर्डले बर्नमाउथलाई २–० गोलले हराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved