आज सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा पानी पर्ने

नेपालभ्युज

आज सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा पानी पर्ने

काठमाडौं । आज सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा  पानी पर्ने सम्भावना छ । तीन वटा प्रदेशका पहाडी जिल्लामा पानी पर्ने र हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले तराईका जिल्लामा बाक्लो हुस्सु कुहिरो छ । दिउँसो पछि हट्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लाको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ ।

काठमाण्डौ उपत्यकामा बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी हुन थालेको छ । पारिलो घाम लाग्न थालेकाले दिउँसोको समयमा खासै चिसो छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved