पृथ्वी जयन्तीमा विभिन्न कार्यक्रम, राष्ट्रपतिद्वारा पृथ्वीनारायणको सालिकमा माल्यार्पण (तस्वीरहरू)

पृथ्वी जयन्तीमा विभिन्न कार्यक्रम, राष्ट्रपतिद्वारा पृथ्वीनारायणको सालिकमा माल्यार्पण (तस्वीरहरू)

काठमाडौं। पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शाहको सालिकमा माल्यार्पण गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले सिंहदरबारको अगाडि रहेको सालिकमा माल्यार्पण गरेकी हुन् । सो अवसरमा  शाहको सालिक अगाडि नेपाली सेनाको एक टुकडीले सलामीसमेत दिएको छ । हेर्नुहोस तस्वीरहरु :

पृथ्वी जयन्तीको अवसरमा  राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकी छन् ।

एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले तत्कालीन समयमा पृथ्वीनारायणले लिएको लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गरेकी छन् ।

तत्कालीन समयमा छरिएर रहेका साना राज्यहरूको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु हाम्रो इतिहासको विशिष्ट एवं गौरवपूर्ण अध्याय रहेको उनले बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved