बागमतीका मुख्यमन्त्रीले माघ ३ गते विश्वासको मत लिने

नेपालभ्युज

बागमतीका मुख्यमन्त्रीले माघ ३ गते विश्वासको मत लिने

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनेबारे प्रदेशसभामा मुख्यमन्त्री कार्यालयबाट जानकारी आएको र त्यही अनुसारको तयारी गरिएको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

माओवादी केन्द्रका जम्मकट्टेल पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । त्यतिबेला उनलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ गरी जम्मा ७० सांसदले समर्थन गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved