सत्ता समीकरणमा सहभागी हुने रुचि छैन : अध्यक्ष नेपाल

नेपालभ्युज

सत्ता समीकरणमा सहभागी हुने रुचि छैन : अध्यक्ष नेपाल
फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता समिकरणमा जाने रुचि नभएको बताएका छन् ।

सोमवार संसद बैठकपछि संसद बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष नेपालले सत्ता समिकरणमा जाने रुचि नभएको बताएका हुन् । उनले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा मंगलवार बिहान सचिवालयको बैठकले निर्णय गर्ने बताए ।

उनले भने, ‘सरकारलाई विश्वासको मत दिने नदिने विषयमा मंगलवार बिहान सचिवालयको बैठक बस्दैछौं । सचिवालय बैठकमा निर्णय गर्छौं । सत्ता समिकरणमा जाने हाम्रो रुचि छैन । अहिले हामी के गर्ने भन्ने विषयको छलफलमा नै छौं । हामी विचार मिल्ने दलहरुसँग छलफल संवाद गर्दै मिलेसम्म मोर्चा समेत बनाउँछौं । विचार सिद्धान्त सबै मिल्यो भने एकतावद्ध भएर जानसक्छौं ।’

उनले आफ्नो पार्टीसँग विचार सिद्धान्त मिल्नेहरुसँग सहकार्य र एकताको लागि छलफल र संवादलाई खुला राखेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved