संसदमा रवि लामिछानेको पहिलो भाषण- भ्रष्टाचार फाइलको निर्मम छानबिन हुन्छ

संसद् अधिवेशनको पहिलो दिनमा दलका तर्फबाट मन्तव्य राख्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका रविले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारविरुद्ध सरकार निर्मम भएर खडा हुने बताए।

नेपालभ्युज

संसदमा रवि लामिछानेको पहिलो भाषण- भ्रष्टाचार फाइलको निर्मम छानबिन हुन्छ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘भ्रष्टाचार फाइलको निर्मम छानबिन हुने कुरा सरकारको न्यूनतम साझा कार्यक्रममा आउने प्रतिबद्धता जनाएका छन्।

संसद् अधिवेशनको पहिलो दिनमा दलका तर्फबाट मन्तव्य राख्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका रविले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारविरुद्ध सरकार निर्मम भएर खडा हुने बताए।

‘‘भ्रष्टाचार फाइलको निर्मम छानबिन हुने कुरा न्यूनतम साझा कार्यक्रममा आउने छ। कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारविरुद्ध सरकार निर्मम भएर खडा हुन्छ ’’ रविले भने ‘‘भ्रष्टाचारको छानबिनमा यहाँहरूले अवरोध नगरिदिनुहोला। ल एन्ड अर्डरलाई पालना गर्न दिनुहोला। म छातीमा हात राखेर संसदमा भन्न चाहन्छु कुनै पनि किसिमका अनियमितता हुने छैन। कुनै काण्डमा मुछिन दिनेछैन। मेरो दलका सांसदले कुनै पनि विवादमा मुछ्न दिने छैन। अनियमिततामा मुछ्न दिनेछैन।’’

सोमबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा पहिलोपटक सम्बोधन गरेका उनले भनेका छन्, ‘धेरैले हामीले पाएको मत निराशाको मत भन्नुभएको छ । तर, म त्यसलाई आशाको मत भन्छु ।’

टेलिभिजन कार्यक्रममार्फत समस्यामा परेका मानिसहरूका लागि सहयोग जुटाउने र अन्यायमा परेकाहरूको पक्षमा राज्य संयन्त्र तथा जिम्मेवार निकायमाथि प्रश्न गर्ने उनको शैलीले रवि चर्चित भए।

पहिलो बैठकमा पनि उनले उसैगरीअरु नेताभन्दा फरक शैलीमा भाषण गरे। चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका लामिछानेले त्यहीँबाट विजयी भएका हुन्।

पहिलो पटक नै निर्वाचनमा सहभागी भएर चौथो बनेको रास्वपाका संसदमा २० सांसद छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved