नेपाल टी–२० लिग : विराटनगरले दियो काठमाडौंलाई १८३ रनको लक्ष्य

नेपालभ्युज

नेपाल टी–२० लिग : विराटनगरले दियो काठमाडौंलाई १८३ रनको लक्ष्य

काठमाडौं। नेपाल टी–२० लिगमा विराटनगर सुपर किङ्सले काठमाडौं नाइट्सलाई १८३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले पुरै ओभर खेल्दा ६ विकेटको क्षतिमा १८२ रन बनाएको हो।

विराटनगरको लागि रोहित कुमार पौडेलले ६१ र विवेक यादवले अविजित ४६ रन जोडे। रोहितले ३५ बलमा ५ चौका र २ छक्कासहित अर्धशतक पूरा गरे।

काठमाडौंका लागि अनिल खरेल र कमल ऐरीले २–२ तथा गौतम केसी, अविनाश बोहोराले  १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved