व्यवसायीप्रति गरिने व्यवहारले पनि मुलुकभित्र लगानीमैत्री वातावरण निर्माण गर्न सकिन्छ : ढकाल

नेपालभ्युज

व्यवसायीप्रति गरिने व्यवहारले पनि मुलुकभित्र लगानीमैत्री वातावरण निर्माण गर्न सकिन्छ : ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले व्यवसायीप्रति गर्ने सम्मानित व्यवहारले मात्र पनि मुलुकभित्र लगानीमैत्री वातावरण निर्माण गर्न सहयोग पुग्ने बताएका छन् ।

नेपाल निर्यात परिषद्को २५औँ वार्षिक साधारणसभा तथा ७औँ निर्यात दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले राज्यले गर्ने सम्मानपूर्ण व्यवहारले मात्र पनि निजी क्षेत्र उत्साहित हुने र मुलुकको आर्थिक तथा औद्योगिक विकासमा सकारात्मक प्रभाव पर्ने बताए ।

निजी क्षेत्रको लामो प्रयासपछि नेपाल सरकारले व्यवसायीहरुलाई सीआईपी सम्मान दिन सुरुगरेकोमा हाल स्थगित गरिएकोमा उनले दुःख व्यक्त गरे ।

‘हाम्रो लामो र अथक प्रयासपनि नेपाल सरकारले व्यवसायीहरुलाई सीआईपी सम्मान दिन सुरुगरेको थियो । तर हाल त्यो पुनः स्थगित छ,’ उनले प्रश्न गरे, ‘जुन व्यवसायीले नेपालको निर्यात बढाउन सहयोग गर्छ, आयात प्रतिस्थापन गर्छ, विदेशी मुद्रा भित्र्याउँछ, धेरै भन्दा धेरै कर तिर्छ, रोजगारी सृजना गर्र्छ र व्यवसायीलाई सम्मान दिँदा सरकारको लगानी पनि पर्दैन यस्तो कुरामा सरकारले किन कन्जुस्याइँ गर्नुपर्ने ?’

आफू पनि निर्यात व्यवसायसँग आवद्ध रहेको र यस व्यवसायको समस्याको बारेमा आफूलाई पूर्ण जानकारी भएको बताउँदै उनले निर्यात प्रवद्र्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट आफूले सदैव सकारात्मक भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।

नेपाल उद्योग वाणिज्य महासंघको आगामि चैत्रमा हुने चुनावी साधारणसभातर्फ इन्गित गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघ र सरकारसँग निर्यात व्यवसायीहरुका विषयहरुको पैरवी गर्न निर्यात व्यवसायीलाई नै प्रतिनिधिको रुपमा महासंघमा निर्वाचित गर्न सुझाव दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved