नेपाल टी–२० लिग : विराटनगरसँग हारेपछि फारवेस्ट बाहिरियो

विराटनगरले खेल जितेर प्लेअफको सम्भावना मजबुत बनाएको छ । फारवेस्ट लिग चरणबाट बाहिरिने पहिलो टोली बनेको छ । फार वेस्ट ४ अंकका साथ अंक तालिकाको पुछारमा छ ।

नेपालभ्युज

नेपाल टी–२० लिग : विराटनगरसँग हारेपछि फारवेस्ट बाहिरियो

काठमाडौं। नेपाल टी–२० लिगमा विराटनगर सुपर किङ्सले फारवेस्ट युनाईटेडलाई पराजित गरेको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा विराटनगरले फारवेस्टलाई ३ रनले पराजित गरेको हो।

विराटनगरले खेल जितेपश्चात प्लेअफको सम्भावना मजबुत बनाएको छ । फारवेस्ट लिग चरणबाट बाहिरिने पहिलो टोली बनेको छ । फार वेस्ट ४ अंकका साथ अंक तालिकाको पुछारमा छ ।

१४८ रनको लक्ष्य पछ्याएको फारवेस्टले पुरै ओभर खेल्दा ९ विकेट क्षतिमा १४४ रन बनायो। फारवेस्टका लागि हश्मतुल्लाह शहिदीले ५८ र विनोद भण्डारीले १० रन जोडे। विराटनगरका राज नाननले ३, सुर्य तामाङले २ र नन्दन यादव तथा कियोन जोसेफले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको विराटनगरले पुरै ओभर खेलेर ६ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। विराटनगरको लागि हुसेन तलतले ५० र विराटनगर सुपर किङ्सले २२ रन जोडे।

फारवेस्टको लागि हश्मतुल्लाह शहिदीले २ तथा दुर्गेश गुप्ता र करन केसीले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved