नेपाल टी-२० लिग : लुम्बिनी जनकपुरसँग पराजित

१६ अंकसहित लुम्बिनी शीर्ष स्थानमा छ। १४ अंक भएको जनकपुर दोस्रो स्थानमा छ। दुवै टोली यसअघि नै क्वालिफायरमा पुगिसकेका छन्। क्वालिफायरमा जित्ने टोली फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले इलिमेनेटरको विजेतासँग प्रतिस्पर्धा गर्न पाउनेछ । 

नेपालभ्युज

नेपाल टी-२० लिग : लुम्बिनी जनकपुरसँग पराजित

काठमाडौं। नेपाल टी–२० लिगमा जनपुर रोयल्सले लुम्बिनी अलस्टार्सलाई पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले लुम्बिनीलाई २३ रनले पराजित गरेको हो।

यो जनकपुरको सातौँ जित हो। लुम्बिनीको दोस्रो पराजय हो। यसअघि लुम्बिनी पोखरा एभेन्जर्ससँग पराजित भएको थियो। १६ अंकसहित लुम्बिनी शीर्ष स्थानमा छ। १४ अंक भएको जनकपुर दोस्रो स्थानमा छ।

दुवै टोली यसअघि नै क्वालिफायरमा पुगिसकेका छन्। क्वालिफायरमा जित्ने टोली फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले इलिमेनेटरको विजेतासँग प्रतिस्पर्धा गर्न पाउनेछ ।

१६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले पुरै ओभर खेलेर ७ विकेट क्षतिमा १३६ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका लागि अनिल शाहले ३५ र लाहिरु मिलन्थाले ३२ रन जोडे । जनकपुरका ट्रेभोन ग्रिफिथले ३, सहिउल्लाह शिनवरीले २ र अशान प्रियान्जनले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित १७ ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो। जनकपुरका ट्रेभोन ग्रिफिथले विष्फोटक ब्याटिङ गरे । उनले ११ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै अविजित ४७ रन जोडे।

शराफुद्दिन अश्रफले ३४ र खडक बोहोराले २२ रनको योगदान गरे। लुम्बिनीका सागर ढकाल र कुशल भुर्तेलले २–२ तथा प्याट ब्राउन र इशान पाण्डेले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved