तेक्वान्दो संघलाई निरन्तरता दिन पाटन उच्च अदालतको अल्पकालीन आदेश

नेपालभ्युज

तेक्वान्दो संघलाई निरन्तरता दिन पाटन उच्च अदालतको अल्पकालीन आदेश

काठमाडौं। पाटन उच्च अदालतले नेपाल तेक्वान्दो संघलाई निरन्तरता प्रदान गरेको छ। राष्ट्रिय खेलकुद परिषद् राखेपले दर्ता खारेज गरेको संघलाई पाटन उच्च अदालतका न्यायाधीशद्वय श्यामजी प्रधान र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले निवेदनको अन्तरिम निरुपण नभएसम्मको लागि निरन्तरता प्रदान गरेको हो।

पुस ५ मा प्रकाशशमशेर राणाको अध्यक्षतामा रहेको नेपाल तेक्वान्दो संघलगायत शारीरिक सुगठन संघलाई विघटन गरेको थियो। यसपश्चात् राखेपले प्रदीप जाशीलाई संयोजक र इन्द्रमान तुलाधरलाई महासचिव बनाउँदै तेक्वान्दो महासंघ गठन गरेको थियो।

पुस ८ मा सोही निर्णयविरुद्ध संघले पाटन उच्च अदालतमा रिट निवेदन दायर गरेको थियो। पुस ११ मा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। बुधबार भने राखेपको निर्णय र युवा तथा खेलकुद मन्त्रिस्तरीय निर्णय कार्यान्वयन नगर्नु नगराउनु आदेश जारी गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved