नेपाल टि-२० लिग

फारवेस्टले काठमाडौंलाई दियो १९८ रनको विशाल लक्ष्य

नेपालभ्युज

फारवेस्टले काठमाडौंलाई दियो १९८ रनको विशाल लक्ष्य

काठमाडौं। नेपाल टी–२० लिगमा फारवेस्ट युनाईटेडले काठमाडौं नाइट्सलाई १९८ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा फारवेस्टले पुरै ओभर खेलेर ४ विकेट क्षतिमा १९७ रन बनाएको हो ।

फारवेस्टका हश्मतुल्लाह शहिदी र विनोद भण्डारीले पहिलो विकेटको लागि १५७ रनको साझेदारी गरे।

हश्मतुल्लाहले ५७ बलमा ५ चौका र ४ छक्कासहित ७६ रन बनाए । यस्तै विनोदले ४४ बलमा ४ छक्का र ५ छक्का हानेर ७३ रन बनाए। करन केसीले अविजित रहँदै ८ बलमा २२ रन जोडे।

काठमाडौं बसिर अहमदले ३ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved