पोखरालाई पराजित गर्दै जनकपुर नेपाल टी–२० लिगको प्लेअफमा

नेपालभ्युज

पोखरालाई पराजित गर्दै जनकपुर नेपाल टी–२० लिगको प्लेअफमा

काठमाडौं। नेपाल टी–२० लिगमा जनपुर रोयल्सले छैटौं जित निकाल्दै प्लेअफमा पुगेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो।

६९ रनको लक्ष्य जनकपुरले ९ ओभरमा ४ विकेट गुमाएर भेटायो। जनकपुरको लागि शराफुद्दिन अशरफले ३७ र ट्रेभन ग्रिफिथले १७ रन जोडे। पोखराको लागि कुशल मल्लले ३ र असिथा फर्नान्डोले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको पोखरा ११.६ ओभरमा ६८ रनमा अलआउट भयो। पोखराको लागि सिद्धान्त लोहनीले १७ र कुशल मल्लले १६ रन जोडे। जनकपुरका लागि सोमपाल कामीले ३, शराफुद्दिन र ललितले २–२ तथा पवन शरफ, ट्रेभन र जितेन्द्र मुखियाले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved