नेपाल टी–२० लिग : विराटनगर काठमाडौंसँग पराजित

नेपालभ्युज

नेपाल टी–२० लिग : विराटनगर काठमाडौंसँग पराजित

काठमाडौं। नेपाल टी–२० लिगमा काठमाडौं नाइट्सले चौथो जित निकालेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा काठमाडौंले विराटनगर सुपर किङ्सलाई ३४ रनले पराजित गरेको हो।

९३ बल पछ्याएको विराटनगरले ८.५ ओभरमा ५८ रनमा भयो। विराटनगरको लागि गौरान्सु शर्माले २२ र विवेक यादवले १२ रन बनाए। काठमाडौंको लागि कमल ऐरीले २, अनिल खरेल र सुनम गौतमले २–२ तथा बसिर अहमद र अविनाश बोहोराले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनायो। सन्दीप रजालीले अविजित ३२ र कप्तान ज्ञानेन्द्र मल्लले १४ रन जोडे। विराटनगरको लागि नन्दन यादवले ३ तथा हुसेन तलत र कियोन जोसेफले १–१ विकेट लिए।

दुवै टोलीका खेलाडीहरूले पारिश्रमिक नपाएपछि टस गर्न अस्वीकार गरेका थिए। टस गर्नुअघि बुझाउनुपर्ने सुरुआती–११ को कागज नै कप्तानहरूले भरेर बुझाउन मानेका थिएनन्।

लिगको मुख्य लगानीकर्ता सेभेन थ्री स्पोर्टस् नै सम्पर्कमा छैन । विभिन्न टिमका मालिक पनि सम्पर्कमा छैनन् । खेलाडीले पारिश्रमिक नपाउँदा खेल नै रोकिने अवस्था आएको छ । विदेशी खेलाडीहरूले यसअघि, नै सोमबारसम्मको समयसीमा दिएको र तोकिएको समयमा पनि पारिश्रमिक नआएपछि मंगलबारदेखि खेल नखेल्ने धम्की दिएका थिए ।

तर, सोमबार साँझबाट आयोजकहरू नै ‘बेपत्ता’ भएपछि प्रतियोगिताका थप खेल नहुने अवस्थामा पुगेको हो । सम्झौताअनुसार खेल सुरु हुनुअघि ४० प्रतिशत पाउनुपर्ने र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पाउने सहमति भए पनि हालसम्म खेलाडीले कुनै रकम पाएका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved