दूधको मूल्य बढाउने निर्णय फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी वृद्धि गरिएको मूल्य तत्काललाई स्थगित गरिएको संघले जनाएको हो ।

नेपालभ्युज

दूधको मूल्य बढाउने निर्णय फिर्ता

काठमाडौं। डेरी उद्योगहरूले दूधको मूल्य बढाउने निर्णय फिर्ता गरेका छन् । डेरी उद्योग संघ र संघमा आबद्ध डेरी उद्योगले शनिबारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले मुल्य बढाएका थिए ।

तर चौतर्फी विरोध भएपछि निर्णय फिर्ता गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी वृद्धि गरिएको मूल्य तत्काललाई स्थगित गरिएको संघले जनाएको हो ।

राष्ट्रिय दुग्ध विकास नीति २०७८ ले प्रत्येक दुई वर्षमा मात्रै मूल्य तोक्न पाउने व्यवस्था गरेको छ । सोहीअनुसार यसअघि २०७८ माघ १७ गते राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारिसमा मन्त्रिपरिषद्ले दूधको मूल्य तोकेको थियो ।

शनिबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिवको नेतृत्व र बोर्डको अध्यक्षतामा सरोकारवालासँग भएको छलफलपछि अहिलेलाई स्थगित गर्ने सहमति भएको बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved