पुस २२ गते सर्वदलीय बैठक बोलाउने तयारीमा संघीय संसद सचिवालय

नेपालभ्युज

पुस २२ गते सर्वदलीय बैठक बोलाउने तयारीमा संघीय संसद सचिवालय

काठमाडौं । संघीय संसद् सचिवालयले पुस २२ गतेका लागि सर्वदलीय बैठक बोलाउने तयारी गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसकेको अवस्थामा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सर्वदलीय बैठक आह्वान गर्ने तयारी गरेका हुन् ।

संसद सचिवालयका अनुसार   बैठक सञ्चालन, प्रतिनिधिसभा बैठकमा दलले बोल्न पाउने समय बाँटफाँटका विषयमा छलफल गर्न राणाले पुस २२ गतेका लागि बैठक बोलाएका हुन् ।

संघीय संसदमा नेपाली कांग्रेसका ८९, नेकपा (एमाले)का ७८, नेकपा (माओवादी केन्द्र)का ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, नेकपा (एकीकृत समाजवादी)का १०, जनमत पार्टीका ६, लोसपाका चार र नागरिक उन्मुक्ति पार्टीका तीन सांसद रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved