आईएमई पे एप अब नेपाली भाषामा

नेपालभ्युज

आईएमई पे एप अब नेपाली भाषामा

काठमाडौं। अबदेखि आईएमई पे एप नेपाली भाषामा पनि अध्यावधिक हुने भएको छ ।

बैंकिङ पहुँच नपुगेका ठाउँमा पनि नेपाली जनतालाई आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको आईएमई पेले कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ यो विशेष सेवा थप गरेको जनाएको छ ।

यो सँगसँगै भाषाको छनोट गर्न मिल्ने एक अर्को सुविधा पनि आईएमई पे एपमा थपिने भएको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा आम सेवाग्राहीका लागि सार्वजनिक गरिएको यस फिचरको लागि प्रयोगकर्ताहरुले सर्वप्रथम प्लेस्टोर वा एपस्टोरमा गएर आईएमई पे एप छ भने एप अपडेट र छैन भने डाउनलोड गर्नुपर्ने हुन्छ ।

पुरानो प्रयोगकर्ताहरुले एप अपडेट भएपछि एप भित्र आफ्नो प्रोफाइलमा गइ दायाँपट्टि रहेको इन संकेतबाट नेपाली भाषा रोज्न सक्नेछन् । नयाँ प्रयोगकर्ताहरूले एप डाउनलोड गरे लगत्तै सो फिचर प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

त्यसपछि प्रयोगकर्ताहरूले आफुलाई सहज लाग्ने भाषा प्रयोग गरेर आईएमई पे मार्फत कुनैपनि डिजिटल भुक्तानी गर्न सक्नुहुन्छ । विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्न, केवल मोबाईल नम्बर प्रयोग गरी पैसा पठाउन, कुनै पनि सेवा वा सुविधाको भुक्तानी गर्नको साथै प्रयोगकर्ताहरूले एपमा रहेको रकममा ७.१३% ब्याज कमाउन सकिने जस्ता नवीनतम सेवा सुविधाहरू आईएमई पे एपमा उपलब्ध रहेका छन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आईएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved