रोनाल्डोले छाडेपछिको दोस्रो खेलमा पनि युनाइटेड विजयी, अरु खेलमा कसले कसलाई हराए ?

नेपालभ्युज

रोनाल्डोले छाडेपछिको दोस्रो खेलमा पनि युनाइटेड विजयी, अरु खेलमा कसले कसलाई हराए ?

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले विजयी यात्रालाई जारी राखेको छ । क्रिष्टियानो रोनाल्डोले क्लब छाडेपछिको दोस्रो खेलमा पनि युनाइटेड विजयी भयो ।

शनिबार राति भएको खेलमा युनाईटेडले उल्भ्सलाई १-० गोल अन्तरले हराएको हो । युनाईटेडको जित मार्कस राषफोर्डले निर्णायक गोल गरे । जितसँगै युनाईटेडले १६ खेलमा ३२ अंक जोडेर चौंथो स्थानमा रहेको छ । उल्भ्स १३ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

गएराति नै भएका  अरु खेलमा व्रेन्टफोर्डले वेस्टहमलाई २-० गोलले हरायो । यस्तै, लिभरपुलले लेस्टर सिटीलाई २-१ गोलले,  फुलहमले साउथह्याम्प्टनलाई २,-१ गोलले, क्रिष्टल प्यालेसले बर्नमाउनथलाई २-० गोलले र आर्सनलले ब्राइटनले ४-२ गोलले हरायो । म्यानचेस्टर सिटी र एभर्टनले भने १-१ गोलको बराबरी खेलेका छन् ।

आर्सनल ४३ अंकसहित शीर्ष स्थानमा छ  । यस्तै, म्यानचेस्टर सिटी ३६ अंकसहित दोस्रो र न्युक्यासल ३४ अंकसहित तेस्रो स्थानमा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved