पर्यटक भित्र्याउन भेडेटारमा फुड फेस्टिभल

नेपालभ्युज

पर्यटक भित्र्याउन भेडेटारमा फुड फेस्टिभल

काठमाडौं। कोरोनापछि सुस्ताएको होटल व्यवसायलाई उकास्ने उद्देश्यका साथ आज (शनिवार) बाट धनकुटाको भेडेटारमा तीनदिने फुड फेस्टिभल शुरु भएको छ ।

अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको फुड फेस्टिभलमा ३० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको आयोजकले जनाएको हो । सांगुरीगढी गाउँपालिकाको सहयोगमा होटल एसोसिएसन अफ भेडेटारले आयोजना गरेको फेस्टिभलमा १ करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

औपचारिक कार्यक्रमका बीच आज उद्घाटन गरिएको फुड फेस्टिबललाई कोरोनाले थलिएको व्यापार व्यवसायको विकास र प्रवर्द्धनका रूपमा समेत लिइएको छ । होटल एसोसिएसन अफ भेडेटारकी अध्यक्ष शान्तिमादेन श्रेष्ठले आगामी दिनमा सबैको साथ र सहयोग गरेको खण्डमा यही वर्षमा पर्यटन व्यवसाय फस्टाउने बताए।

पूर्वको पर्यटकीय गनतव्यका रूपमा रहेको भेडेटारमा आयोजित फुड फेस्टिभल विशेषगरी भारतीय पर्यटक लक्षित गरी आयोजना गरिएको छ । फेस्टिभलले भेडेटारलाई आन्तरिक तथा बाह्य पर्यटक माझ घुम्नैपर्ने गनतव्यका रूपमा चित्रित गर्न थप मद्यत पुर्‍याउने विश्वास लिइएको छ ।

फेस्टिभलमा सांस्कृतिक कार्यक्रमसँगै स्थानीय तथा जाति विशेष खानेकुराका परिकार प्रदर्शनीसँगै भेडेटार हेलि टुर, जिपलाइन तथा प्याराग्लाइडिङ सेवा उपलब्ध रहने सांगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । उनले अंग्रेजी नयाँ वर्षमा बाहिरबाट आउने पर्यटकको स्वागतका लागि कार्यक्रम राखिएको बताए ।

फेस्टिभलमा गाउँपालिका अर्ग्यानिक खानेकुरा र स्थानीय कृषि प्रदर्शनी सहितको स्टल राखिएका छन् । फेस्टिभल अवधिभर भेडेटारको रमणीय क्षेत्रको भ्रमण गराइने तथा हेलि टुर, जिपलाइन तथा प्याराग्लाइडिङ सेवा उपलब्ध रहने आयोजकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved