सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुसमा

नेपालभ्युज

सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुसमा

काठमाडौं। सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुसमा हुने भएको छ। मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल भलिबल संघले पुस २४ देखि माघ १ गतेसम्म प्रतियोगिता आयोजना हुने जनाएको हो।

प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगिता राखेपको कभर्डहलमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ विभागीय टोलीका त्रिभुवन आर्मी र नेपाल पुलिस नेपाल एपीएफ तथा हेल्प नेपाल स्पोर्टस क्लब, गल्कोट स्पोर्ट्स क्लब बाग्लुङ, नयाँबजार सामाजिक युवा क्लब, दाँवाली मिलन क्लब, मणिमुकुन्द भलिबल क्लब बुटवल, गण्डकी प्रदेश, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, बागमती प्रदेश, बुढानीलकण्ठ भलिबल क्लब र मधेस प्रदेशको सहभागिता रहेको छ।

महिलातर्फ भने एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, एभरेस्ट भलिबल क्लब बुटवल, गण्डकी प्रदेश, न्यु डायमन्ड स्पोर्टस क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको पुरुष तथा महिला विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ पुरस्कारराशी प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई २५–२५ हजार रुपैयाँ प्रदान गरिने छ।

विधागततर्फ उत्कृष्ट हुने ब्लकर, स्पाइकर, लिबेरो, सर्भर, प्रशिक्षक र सेटरले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सहभागी टोलीले ३ विदेशी खेलाडी पनि आबद्ध गर्न पाउनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved