राखेपविरुद्ध सडकमा ओर्लिए तेक्वान्दो खेलाडी (तस्वीरहरू)

ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघबाट सुरु भएको विरोध कार्यक्रम त्रिपुरेश्वरस्थित राखेपमा गएर समापन हुनेछ।

राखेपविरुद्ध सडकमा ओर्लिए तेक्वान्दो खेलाडी (तस्वीरहरू)

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ विरुद्ध नेपाल तेक्वान्दो संघसहित तेक्वान्दो, पारा–तेक्वान्दो खेलाडी, प्रशिक्षक तथा सरोकारवालाहरू प्रदर्शन उत्रिएका छन्।

मंगलबार ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघबाट सुरु भएको विरोध कार्यक्रम त्रिपुरेश्वरस्थित राखेपमा गएर समापन हुनेछ।

राखेपले खेल संघहरूमाथि गरेको अतिक्रमणविरुद्ध विरोध र्‍याली गरेका हुन्। ‘सम्पूर्ण खेलाडी, प्रशिक्षक, डोजाङ् प्रमुख तथा खेल पदाधिकारीहरू एक हौं’ भन्ने नारासहित सबैजना र्‍यालीमा उत्रिएका थिए।

विरोध प्रदर्शनमा ‘सदस्य सचिव राजीनामा दे’, ‘९औँ राष्ट्रिय खेलकुदको आर्थिक भ्रष्टचारको छानबिन गर’, ‘खेलकुदमा राजनीतिक हस्तक्षेप बन्द गर’, खेलाडीहरूको भविष्य सुनिश्चित गर’ जस्ता प्याम्प्लेट बोकेर खेलाडीहरू प्रदर्शनमा उत्रिएका छन्।

राखेपले दुई तेक्वान्दो संघलाई खारेज गर्दै नयाँ संघ गठन गरेपछि विवाद चर्केको छ ।

सोमबार नेपाल तेक्वान्दो संघको मुद्दामा उच्च अदालत पाटनले खेलकुद मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved